बिरालो अनलाइन अर्डर गर्दा बाघ पठाइदिएपछि !

काठमाडौं । अनलाइन अर्डर गर्दा कतिपय कम्पनीले अर्कै सामान पठायो भन्ने कुरा तपाईले सुन्नु भएकै होला । यस्तै एउटा घटना फ्रान्समा पनि भएको छ ।

त्यहाँको एक कम्पनीले बिरालोको बच्चा अर्डर गर्दा बाघको बच्चा पठाईदिएको छ । फ्रान्सका एक कपलले एक बिरालो अनलाइन मार्फत अर्डर गरेका थिए ।

उनीहरुले ६ हजार डलर यूरोमा बिरालो अर्डर गरेका थिए । तर कम्पनीले भने बिरालोको ठाउँमा एक दुर्लभ जातको बाघको बच्चा पठाइदियो ।

त्यो बाघ सुमात्रा टाइगर जातको थियो । थाहा पाएपछि त्यो बाघलाई फ्रान्स सरकारलाई बुझाईएको हो ।

उक्त बाघ इण्डोनेशियाबाट तस्करी गरेर फ्रान्स लगिएको र थाहा नपाओस् भनेर बिरालोको बच्चाको हुलमा छोडिदिएको बताइएको छ ।

पछि बाघ किन्ने दम्पतीलाई हिरासतमा केहि दिन राखेर रिहा गरिएको बताइएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?