चिटिक्कै रानीपोखरी, उद्घाटनको पर्खाइमा ! (तस्वीरमा हेर्नुहोस् )

काठमाडौं । गत २०७२ सालमा आएको महाभूकम्पको कारण क्षति भएको काठमाडौंको रानीपोखरी पुनर्निर्माण पश्चात् उद्घाटनका लागि तयार भएको छ । गत असोज १५ गते रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा गजुर राखिएको थियो । हाल रानीपोखरीमा बत्ती र सरसफाइ गर्ने काम भइरहेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी पुनर्निर्माण अभियान शुरु गरेकी थिइन् त्यसैले रानीपोखरीको उद्घाटन राष्ट्रपति भण्डारीबाटै गर्ने योजना रहेको कुरा प्राधिकरणका इन्जिनियर राजुमान मानन्धरले बताए ।

लामो समयको विवादपछि मल्लकालीन शैलीमा पुनर्निर्माण गरिएको मन्दिरमा गजुर प्रतिस्थापन गरिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?