गजुर राखेपछि यस्तो देखियो रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर (फोटोफिचर)

काठमाडौं । पुनर्निर्माण पश्चात् रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा गजुर राखिएको छ ।

मन्दिरमा गजुर प्रतिस्थापनपश्चात् माछाको भुराहरु समेत छाडिनेछ ।

लामो समयको विवादपछि मल्लकालीन शैलीमा पुनर्निर्माण गरिएको मन्दिरमा आज गजुर प्रतिस्थापन गरिएको हो ।

मन्दिर प्रताप मल्लको पालामा निर्माण गरिएको ऐतिहासिक बालगोपालेश्वर मन्दिर ग्रन्थकुट (शिखर) शैलीमा बनाइएको थियो । भने लामो विवादपछि उक्त मन्दिर पहिलेकै अवस्थामा निर्माण गरिएको हो ।

२०७२ सालको भूकम्पमा क्षतिग्रस्त भएको रानीपोखरी २०७२ माघ ३ गते राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी पुनर्निर्माणको शिलान्यास गरेकी थिइन् ।

फोटोहरु हेर्नुहोस्: 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?