प्रदेश ५ राजधानी विवाद : सांसदहरुलाई दाङको विपक्षमा मतदान गर्न कांग्रेसको ‘ह्वीप’

काठमाडौं । प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेश नं को राजधानी दाङको भालुवाङ बनाउने विषयमा प्रदेश सरकारले गरेको प्रस्तावको विपक्षमा मतदान गर्नका लागि ह्वीप जारी गरेको छ ।

मन्त्रिपरिषद्ले प्रदेशको राजधानी भालुवाङ र लुम्बिनी नामाकरण गर्नका लागि प्रस्ताव पेश गरेको गरेसँगै प्रतिपक्षी दलले असन्तुष्टि जनाउँदै आएको छ । राजधानीको विषयमा विमत्ती रहेपनि नामाकरणको विषयमा भने कुनै आपत्ती नरहेको कांग्रेसले जनाएको छ ।

पार्टीले दाङको विपक्षमा मतदान गर्नका लागी ह्वीप जारी गरेपनि प्रदेशका केही सांसदहरुले भने आफूहरु दाङको पक्षमा मतदान गर्ने मनसायमा रहेको बुझिएको छ ।

त्यस्तै सोमवार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश संसदीय दलको बैठक बसी सरकारको प्रस्तावमा मतदान गर्नका लागि नेकपाले आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको थियो । त्यस लगत्तै बसेको प्रदेश सभाको बैठकमा प्रतिपक्षी दलको अवरोधका कारण कार्यसूची पुरा नभइ बैठक सकिएको थियो ।

कांग्रेस सांसदहरुले एकलौटी ढंगले निर्णय गरेको भन्दै प्रश्न उठाएका थिए । भने आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले सांसदहरुको प्रश्नको जवाफ दिइसकेका छन् ।

त्यस्तै आजको लागि पुनः राजधानी र नामबारे मतदान प्रक्रियाबाट निर्णय हुने कार्यसूची रहेको छ ।

यो पनि

प्रदेश ५ : भोली बस्नेगरि सकियो प्रदेशसभा बैठक, प्रतिपक्षीको अवरोधले कार्यसूची प्रभावित

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?