काठमाडौं । प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण प्रदेश नं ५ को प्रदेशसभा बैठकको कार्यसूची प्रभावित भएको छ ।
प्रदेशको राजधानी तोक्ने र नामाकरणका लागि बोलाइएको बैठकमा प्रतिपक्षी दलको अवरोधपछि बिना निष्कर्श बैठक टुंगिएको हो ।
मन्त्रिपरिषद्ले प्रदेश राजधानी दाङको भालुवाङमा राख्ने प्रस्तावको विरोधमा उत्रिएका सांसदहरुले सभाहल भित्र कुर्सी तोडफोड समेत गरेका थिए ।
प्रदेश सभा आजको बैठकमा प्रदेश ५ को राजधानी भालुवाङलाई बनाउने र नाम लुम्बिनी नामाकरण गर्ने प्रस्ताव पारित गर्ने कार्यसूची भएपनि विरोधका कारण बैठक रोकिएको हो ।
केही बेर रोकिएर बैठक शुरु हुने बित्तिके सांसदहरुले तोडफोड गर्न थालेपछि मर्यादापालकले उनीहरुलाई छेकेका थिए ।
प्रदेश सभाको अर्को बैठक भोली (असोज २० गते) मध्यान्ह १२ बजे बस्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया