हजुर आमालाई बचाउन साँढेसँग लडे यी बालक (भिडियोसहित)

काठमाडौं । सोसल मिडियामा अहिले एउटा भिडियो अत्याधिक भाइरल बनिरहेको छ । उक्त भाइरल भिडियोमा एउटा साँढेले एक वृद्धालाई हानेको देख्न सकिन्छ ।

त्यसपछि वृद्धा जमीनमा लड्न पुग्छिन् । त्यति नै बेला उनका नाती आउँछन् र साँढेसँग लड्दै हजुरआमालाई उठाउँछन् ।

उनलाई पनि साँढेले हान्न छोड्दैन । तर पनि निडर बनेर बालकले हजुर आमालाई उठाउँछन् । यो भिडियो अहिले सामाजिक सञ्जालमा अत्याधिक भाइरल बनिरहेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?