वामदेवको मुद्धा हेर्दाहेर्दैमा, कहिले हुन्छ सुनुवाई ?

काठमाडौं –सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमविरुद्ध सर्वोच्चमा परेको मुद्धा हेर्दाहेर्दैमा राखिएको छ । उनीविरुद्धको रिटमाथिको सुनुवाई शुक्रबार हुनेछ ।

आज बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासको पूर्ण इजलासमा रिट निवेदक र विपक्षी दुबै पक्षबाट बहस भए पनि अझै बहस गर्ने क्रम नसकिएकोले शुक्रबारसम्मलाई सुनुवाई सारिएको हो ।

आज प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको पूर्ण इजलासमा रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, दिनेश त्रिपाठी, हरि उप्रेती, पंकज कर्णलगायतले बहस गरेका थिए । विपक्षी सरकारी पक्षबाट महान्यायाधिवक्ता अग्नि खरेलले बहस गरेका थिए ।

नेकपा उपाध्यक्ष गौतमलाई सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा सदस्यमा मनोनयन गरेपछि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले उक्त मनोनय बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । सो रिटमाथि गत असोज ७ गते न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले उनको पद यथास्थितिमा राख्न र उनलाई थप संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश जारी गरेको थियो । अब उनको सुनुवाई पर्सि शुक्रबार हुनेछ ।

यो पनि पढ्नुहोस् : 

एकाएक स्थगित भयो ओली-प्रचण्डबीच भेटवार्ता, नेकपा विवाद बल्झिएकै हो ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?