एकाएक स्थगित भयो ओली- प्रचण्डबीच भेटवार्ता, नेकपा विवाद बल्झिएकै हो ?

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आज (बुधबार) हुने भनिएको भेटवार्ता एकाएक स्थगित भएपछि चार महिना लामो अन्तरविवाद मिलाएको नेकपा विवाद फेरि बल्झिएको छ ।

निकै चासोपूर्वक हेरिएको ओली र प्रचण्डबीचको आजको भेटवार्ता स्थगित भएसँगै मन्त्रिपरिषद् पुनगर्ठन पनि अनिश्चित भएको छ ।

मन्त्रिमण्डल पुनर्गठनका विषयमा सहमति जुटाउन अध्यक्षद्वय ओली र प्रचण्डबीच पार्टी विवाद समाधान भएयता (गत विहीबारदेखि) लगातार भएका छलफल र भेटवार्ता भइरहेका छन् ।

मन्त्रिमण्डल पुनर्गठनमा सहमति जुटाउन भन्दै दुवै अध्यक्षले भेटलाई निरन्तरता दिएपनि आ – आफ्नो अडान कायमै रहँदा मन्त्रिमण्डल पूनर्गठनको काम किनारा लाग्न सकेको छैन । हिजो (मंगलबार) दुई नेताबीच भएको छलफलमा भेटवार्तालाई निरन्तरता दिँदै जाने सहमति भएको थियो ।

के हो विवादको चुरो ? 
प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी ओली अहिलेको अहिलेको मन्त्रिमण्डलमा रहेका धेरैजसो मन्त्रिहरुलाई निरन्तरता दिनुपर्ने अडानमा छन् भने अर्का अध्यक्ष प्रचण्ड राम्रो ‘पर्फमेन्स’ देखाउन नसक्ने मन्त्रिहरुलाई विदाइ गरेर नयाँ र काम गर्नसक्नेलाई मन्मिण्डलमा ‘ईन्ट्रि’ दिनुपर्ने पक्षमा छन् । स्थायी समिति र सचिवालय बैठकको म्याण्डेडलाई समेत ख्याल गरेर मन्त्रिपरिषद् पुनर्गठन गर्नुपर्ने भएपनि उक्त म्याण्डेड विपरित ओली जान खोजेको प्रचण्ड पक्षको आरोप छ ।

नेकपा सचिवालय सदस्य तथा पूर्व माओवादीका एक नेता भन्छन्,  “राष्ट्रिय सभा सदस्यमा मनोनित पार्टीका उपाध्यक्ष वामदेव गौतमविरुद्ध परेको रिटको आजबाट सर्वोच्चमा सुनुवाई हुँदैछ। यसैको निर्णय कुर्न आजको बैठक स्थगित गरिएको हो कि ?”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?