४० वर्ष ननुहाएका यी जटाधारी : निसन्तान समस्याको गर्छन् उपचार

काठमाडौं । संसारमा मानिसको सौख अनेक खाले हुन्छन् । त्यसैले त वल्र्ड रेकर्डमा अनेकखालका रेकर्डहरु रेकर्डेड भएका छन् ।

अझ हामी अनौठा लाग्दा समाचार भारतमा सुन्छौँ । भारतको बिहार राज्यमा एक व्यक्ति छन् जो ६३ वर्षका छन् । मुंगर जिल्ला निवासी साकाल देव टुड्डू हुन् उनी । उनलाई मानिसहरु महात्माजी भन्ने गर्छन्। उनको टाउको ठूलो छ । अझ रोचक के हो भने जटाधारी ६३ वर्षीय टुड्डूले टाउको ननुहाएको ४० वर्षभन्दा बढी भयो। उनको जटा ६ फिट लामो छ। उनले वन विभागमा ३१ वर्ष काम गरेका थिए । उनका तीन छोरा र तीन छोरी छन्। उनी पत्नी रुपिया देवी हुन् । जटा सामान्य लाग्ने उनी बताउँछन्।

ईश्वरले आफूलाई कपाल नकाट्न र रक्सी–चुरोट नखान आदेश दिएको उनी बताउँछन्। उनी घरेलु उपचारमा पोख्त छन्। खास गरी, सन्तानहीन दम्पतीको उपचार गर्ने अन्तर्राष्टिय सञ्चारमाध्यमले जनाएका छन् ।

आफ्नो जटा ईश्वरको वरदान भएको बताउने उनीसँग फोटो खिचाउन टाढा–टाढाबाट मान्छेहरू आउने गर्छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?