जसलाई प्रकृतिले दियो बुलेट प्रुफ ज्याकेट !

काठमाडौं । पिरारुकुलाई ताजा पानीमा पाइने संसारकै सबैभन्दा ठूलो माछो मानिन्छ । यो अमेजनको बेसिनमा पाइन्छ । यसको विशेषता एउटा शल्क अर्थात् बुलेट प्रुफ ज्याकेट जस्तै रहेको छ ।

क्यालिफोर्निया यूनिभर्सिटीमा स्यान डिएगो र बर्कल क्याम्पसका शोधकर्ताहरुले यस्तो अनौठो संरचना भाएको माछोको बारेमा पत्ता लगाएका हुन् ।

शोधकर्ताका अनुसार यो माछोको कवच नै एक बुलेट प्रुफ ज्याकेट जस्तो छाला रहेको छ । यिनिहरुको लम्बाई १० फीटर तौल २०० किलोग्राम सम्म हुन्छ ।

यो हावामा श्वास फेर्ने भएकोले पानी बाहिर पनि धेरै समयसम्म रहन्छ । यसको छाला छेड्न मुश्किल रहेको शोधकर्ताको दाबी छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?