विवाह गर्ने जोडीलाई सरकारले ६ लाख रुपैयाँ दिने !

काठमाडौं । जापान सरकारले एउटा यस्तो स्कीम ल्याएको छ, जसबाट विवाहीत जोडीलाई सरकारले ६ लाख ३६ हजार रुपैयाँ दिने भएको छ ।

यो अनौठो योजनाको उद्देश्य विवाहलाई बढाउनु रहेको छ ।

आर्थिक मद्दतको लाभ लिनको लागि भने तपाईले विभिन्न शर्तहरु पालना गर्नुपर्नेछ । यसको लागि जोडीको उमेर ४० वर्षभन्दा कम हुनु पर्नेछ । साथै कुल आय ३८ लाख रुपैयाँ भन्दा कम हुनुपर्नेछ ।

यदि नवविवाहित जोडीको उमेर ३५ वर्ष छ र उनीहरुको आय ३३ लाख छ भने उनीहरुलाई आधा रकम मात्र मिल्नेछ ।

नेशनल इन्स्टीट्यूट अफ पपुलेशन र सोसाइटी रिसर्चको एक सर्वेका अनुसार २०१५ मा २०.१ प्रतिशत पुरुष र १७.८ प्रतिशत महिलाले पैसाको कमीका कारण विवाह गर्न पाएका थिएनन् ।

उनीहरुको उमेर २५ देखि ३४ थियो । त्यस्तै २०१९ मा ८ लाख ६५ हजार बच्चा जन्मिएका थिए । यो धेरै कम जन्मदर हो । यसैलाई बढाउनको लागि यसरी रकम बाँडिदैछ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?