हुम्लामा सीमा अतिक्रमण गरेको भन्दै चिनियाँ दूतावास अगाडि प्रदर्शन

काठमाडौं – हुम्लामा सीमा अतिक्रमण गरेको भन्दै विरोधमा काठमाडौंको बालुवाटारस्थित चिनियाँ दूतावास अगाडि द्यिार्थीहरुले प्रदर्शन गरेका छन् ।

‘सीमा अतिक्रमण बन्द गर्नुपर्ने’, ‘मिचिएको भूमि फिर्ता गर्नुपर्ने’, ‘पुरानो सन्धि लागू हुनपर्ने’ माग गर्दै प्रदर्शनमा उत्रिएकाहरुले दूताबास अगाडी नाराबाजी गरेका छन् । दूताबास अघि पुगेका युवाहरुको समूहले ब्याक अफ चाइना लेखिएका पम्पलेटसमेत प्रदर्शन गरेका छन् ।

हुम्लाको नाम्खा गाउँपालिका- ६, लिमीको लाप्चा बगर क्षेत्रमा चीनले नेपाली भूमी मिचेर ९ वटा भवन निर्माण गरेको स्थानीयले बताएको भन्दै सञ्चारमाध्यममा आएपछि चीनविरुद्ध नेपालीहरु सामाजिक सञ्जालमा खनिएका छन् ।

हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरी नेतृत्वको टोलीले उक्त क्षेत्रको निरीक्षण गरेको छ । तर हुम्ला सदरमुकामबाट स्थलगत अध्ययनका लागि गएको नेपाली टोलीसँग चिनियाँ पक्षले नेपाली भूमिमा नभएर आफ्नै भू-भागमा भवनहरू बनाएको दाबी गरेको छ ।

उसले नेपाली भूमिमा चीनले बनाएको भनिएका भवनहरुको सत्यतथ्य जाँच गर्न नेपालले सक्ने समेत जनाएको हो ।

हुम्लाको लाप्चाबगरमा चीनले नेपाली भूमि अतिक्रमण गरेर भवनहरु बनाएको समाचार सार्वजनिक भएपछि चीनले यस्तो धारणा व्यक्त गरेको हो ।

प्रदर्शनका तस्वीरुहरु :

यो पनि पढ्नुहोस् : 

चीनले नेपाली भू-भाग मिचेको समाचारप्रति ध्यानाकर्षण भएको भन्दै सरिता गिरीले निकालिन् विज्ञप्ती

नेपाल- चीन सीमा विवाद :आफ्नै भूमिमा भवन बनाएको चिनियाँ सेनाको दाबी !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?