काठमाडौं – पूर्व सांसद तथा मन्त्री सरिता गिरीले हुम्ला जिल्लाको लिमी र लाप्चा बीच नेपालको भूमिमा चिनिया पी एल ए ले ९ वटा अनधिकृत भवन निर्माण गरेकोे समाचार संचारमाध्यममा निरन्तर आईरहेकोे र नेपालको टोली त्यहाँ गएर स्थिति बुझ्न खोज्दा “यो चीन को भू भाग हो र वार्ता गर्ने हो भने सीमामा वार्ता गर्ने “भनी उक्त भवनबाट माइक मार्फत् सन्देश प्रवाह गरेको समाचार प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएकी छिन् ।
एक विज्ञप्ती जारी गर्दै उनले नेपाल सरकारले उत्तरी छिमेकी प्रति भक्ति भाव देखाउँदै तिब्बतसँग भएको नेपाल को सीमानाको सुरक्षा लाई बेवास्ता गर्दै आएकोले यस्तो परिणाम देख्नु परे को सजिलै बुझ्न सकिन्छ भनेकी छिन् ।
के लेखिएको छ विज्ञप्तीमा ?
विगतमा गोरखा जिल्लाको रुई गाउँ स्थानीय जनताले गराएको जनमत संग्रहबाट चीनको भाग हुन गएको दु:खद वृतान्त हामीले विदेशमन्त्री मा प्रदीप ज्ञवाली मार्फत थाहा पाई सकेका छौंं । यस्ता घटना हरु नेपाल सरकारले बेवास्ता गर्दै गएमा यो क्षेत्रीय असंतुलन को कारण भई नेपाल क्षेत्रीय द्वन्द मा समेत फस्न सक्दछ ।
२. इतिहास कहिले पनि बिर्सनु हुन्न । भारत र चीन बीच १९६२ मा युद्ध हुंंदा तत्कालीन राजा महेन्द्र ले सन् १९५० को भारतसंग भएकोसन्धिअनुसार नेपाल तिब्बत सीमानामा भारत लाई १७ वटा सैन्य चौकी स्थापना गर्ने अनुमति दिएको र युद्ध पछि भारत का सैनिक हरु फित्र्ता भएको ऐतिहासिक तथ्य संग हामी अवगत छौं ।

यदि नेपाल सरकार आफनो सीमाना को रक्षा अहिलेको अवस्थामा स्वयं गर्न सक्षम छैन भने मित्र राष्ट्र हरु संग सल्लाह गरी र सहयोग मांगी नेपालको उत्तरी सीमाना को रक्षाको व्यवस्था गर्नका लागि तत्काल अग्रसर हुन सरकार संग आग्रह गर्दछु । साथै हुम्ला जिल्ला लगायत अन्य उत्तरी भाग का जिल्ला हरु मा चीन ले नेपाल को भूमि अतिक्रमण गरेको बारे पनि नेपाल सरकारले तुरन्त आधिकारिक जानकारी गराउन मांग गर्दछु ।
३. भारत संग देखिएको सीमा विवाद सबै ऐतिहासिक तथ्य र प्रमाण को आधार मा भारत संग वात्र्ता गरी समाधान गर्न म पुनः माग गर्दछु । साथै यस बारे प्रधानमन्त्री ज्यूले नया नक्शा सम्मिलित पुस्तक हरु को वितरण लाई प्रतिबंधित गर्ने गरेको निर्णय को स्वागत गर्दछुं । भूगोल र जन सम्बन्ध ले गर्दा समेत भारत हाम्रो स्वाभाविक मित्र देश हो, हामीहरु बिर्सन्नु हुन्दैन। भूगोल र जन स्तरको सम्बन्धले गर्दा भारत र नेपाल बीचको सुरक्षा सम्बन्ध परस्पर आधारमा हुनु पर्दछ ।
यसअघि प्रकाशित यो समाचार पढ्नुहोस् :
नेपाल- चीन सीमा विवाद : आफ्नै भूमिमा भवन बनाएको चिनियाँ सेनाको दाबी !
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया