काठमाडौं – के तपाई दैनिक कामको लागि घरबाहिर जानुपर्दा सार्वजनिक सवारी प्रयोग गर्नुहुन्छ ? यदी त्यसो हो भने तपाईको लागि साझा बसले महत्वपूर्ण सुझाव दिँदै सावधानीका उपाय अपनाउनको लागि नियम बनाएको छ ।
पछिल्लो समय कोरोनाको कहर बढीरहेको भएतापनि यस्तो संक्रमणबाट बच्न अन्य कुनैपनि उपाय र विकल्प नभएका कारण स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर अतयावश्यक काम गर्न भन्दै घना बस्ती भएको काठमाडौं उपत्यकामा लकडाउन खुकुलो बनाईएको छ । हालको अवस्थामा काठमाडौं, भक्तपुर र ललितपुरमा ५ सयजनाभन्दा बढी संक्रमित उपचाररत छन् । देशभर संक्रमितको संख्या बढीरहेको छ भने संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या दिनानुदिन थपिईरहेको छ । तर कतिपय मानिसहरुले यो भाइरस केहि पनि होईन भनेका कारण शहर बजारमा स्वास्थ्य सुरक्षाका मापदण्ड नअपनाएर पनि घरबाहिर निस्कनेहरु बढेका छन् ।
एकबाट दोस्रो व्यक्तिमा सजिलै सर्ने भएको कारण कोरोना भाइरस संक्रमणको जोखिमबाट बच्नको लागि विभिन्न स्वास्थ्य मापदण्ड अपनाउनुपर्छ । यसैबीच साझा यातायातले आफ्नो वेससाईटमा एक सूचना राख्दै कोरोनाको जोखिमबाट बच्न साझा यातायातको बस प्रयोग गर्दा यी उपायहरु अपनाउन सुझाव दिएको छ । तपाई सार्वजनिक सवारीमा यात्रा गर्नुहुन्छ भने तपाईका लागि यो सूचना महत्वपपूर्ण हुन्छ ।

यसअघि प्रकाशित यो समाचार पनि पढ्नुहोस् : साझा यातायातले लामो दुरीमा पनि बस सेवा सञ्चालन गर्ने
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया