गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दोस्रो टर्मिनलको डिजाइन सार्वजनिक, पर्यटनमन्त्रीले मागे सुझाव

काठमाडौं । रुपन्देहीको भैरहवामा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दोस्रो टर्मिनल भवनको डिजाइन सार्वजनिक गरिएको छ ।

सार्वजनिक गरिएको डिजाइन अनुसार दोस्रो टर्मिनल भवन हाल बनेको नयाँ टर्मिनल भवनबाट पश्चिमतर्फ र घाँघरा खोला भन्दा पूर्वपट्टि हुनेछ। उक्त स्थान भैरहवा–लुम्बिनी सडक खण्डको दक्षिणतर्फ सडक छेउमै पर्ने देखिन्छ ।

संस्कृती पर्यटन तथा नागरिक उडड्यानमन्त्री योगेश भट्टराईले सामाजिक सञ्जालमा उक्त डिजाइन सार्वजनिक गर्दै सुझाव समेत माग गरेका छन् । भने त्यहाँका स्थानीयबासीले भने टर्मिनल भवनको डिजाइनमा ठूलो आकारको बुद्ध मुर्ति समेट्न सुझाव दिँदै आएका छन् ।

राष्ट्रिय गौरवको आयोजना अन्तर्गत रहेको उक्त आयोजनाको भवनको डिजाइनदेखि अरु काम संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाटै भइरहेको मन्त्रालयले जनाएको छ ।

लुम्बिनी हेर्न आउने पर्यटकहरुका लागि सडकबाट देखिने गरी ठुलो बुद्धको मुर्ती राख्दा सकारात्मक सन्देश जाने पनि कतिपयले सुझाव दिएका छन् ।

त्यस्तै हालसम्म विमानस्थन निर्माणको पहिलो चरणको भौतिक संरचना निर्माण अन्तिम चरणमा पुगेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?