कोरोनाबाट ठीक भईसकेका मानिस किन फेरि संक्रमित हुँदैछन् ?

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ । कोरोना भाइरसका कारण अहिले हरेक दिन हजारौँ मानिसहरुको मृत्यु भईरहेको छ भने लाखौँ मानिसहरु संक्रमित बनिरहेका छन् ।

प्रतीकात्मक तस्वीर

गत वर्षको डिसेम्बर अन्तिम साता चीनको वुहान शहरमा पहिलो पटक देखिएको कोरोना भाइरसको संक्रमण अहिलेसम्म विश्वका २१५ वटा देशहरुमा पुगिसकेको छ ।

वैज्ञानिकहरु कोरोनाविरुद्धको भ्याक्सीन बनाउन अहोरात्र खटिएपनि अहिलेसम्म कुनै ठूलो उपलब्धि हात पार्न सकेका छैनन् । यसैबीच ।

प्रतीकात्मक तस्वीर

पछिल्लो केहि दिन यता कोरोना भाइरसबाट संक्रमित भएर निको हुनेहरु फेरि संक्रमण भएको विषयले धेरै चर्चा पाइरहेको छ ।

प्रतीकात्मक तस्वीर

यसको पहिलो केस हङकङमा देखिएको थियो ।ईएसआर्यसीका डिप्टी डा. ए के पाण्डेका अनुसार १४ दिनपछि कोरोनासँग लड्नको लागि शरीरमा एन्टीबडी बन्छ ।

जसले दुई देखि ढाई महिनासम्म रहन्छ । जति संक्रमित भएका छन् । तिनमा ३० प्रतिशतको मात्रै शरीरमा एन्टीबडी बनेको छ ।

प्रतीकात्मक तस्वीर

बाँकी ७० प्रतिशतको शरीरमा एन्टीबडीको विकास नै नभएको पाइएको छ । जसका कारण शरीरमा एन्टीबडी विकसित नहुनु रहेको छ ।

अर्को रोग प्रतिरोधात्मक क्षमता कमी हुनु पनि सक्ने बताइएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?