काठमाडौं – बोतलको अक्सिजनबिना विश्वको सर्वोच्च शिखर सगरमाथाको १०औँ पटकसम्म आरोहण गरेका ‘हिमचितुवा’ उपनामले चिनिने पर्वतारोही आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ ।
आज (मंगलबार) प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले हिजो (सोमबार) निधन भएका शेर्पाको सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको हो ।
सोलुखुम्बुको थामेमा जन्मेका ७२ वर्षीय ‘हिमचितुवा’को पार्थिव शरीर शेर्पा गुम्बामा राखिएको छ।
उनको भोली (बुधवार) बौद्धधर्मानुसार दाहसंस्कार गर्ने तयारी गरिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया