काठमाडौं । ताईवानले एक पटक फेरि चीनको धम्कीलाई लिएर प्रतिक्रिया दिएको छ ।
अमेरिकाको विदेश मन्त्रालयका एक अधिकारी ताईवानको भ्रमणमा आएपछि रुष्ट बनेको चीनका सञ्चारमाध्यमहरुले ताईवानलाई युद्धको धम्की दिएका थिए ।

ताइवान हङकङ जस्तै चीनको एक वन नेशन टू सिस्टमको भाग हो । निनियाँ मिडियाको उक्त धम्की पछि ताइवानको राष्ट्रपति कार्यालयका प्रवक्ताले टाढाबाट आएका कोहि साथीसँग डिनर गर्दा छिमेकीले ज्यान मार्ने धम्की दिँदा तपाई कसरी त्यो सँग लड्नुहुन्छ ? भनेर सोधेका छन् ।

अमेरिकी विदेश मन्त्रालयका वरिष्ठ अधिकारी कीथ क्र्याचले बितेको हप्ता मात्रै ताइवानको भ्रमण गरेका थिए ।

त्यसपछि चीनको सरकारी मिडिया ग्लोबल टाइम्सले अन्य देशमाथि हस्तक्षेप गरेको चीनलाई स्विकार्य नहुने भन्दै धम्की दिएको थियो ।

ग्लोबल टाइम्सले लडाकू विमानको अभ्यास मात्र चेतावनी दिन मात्र नभएको बताएको थियो । शुक्रवार मात्र चीनले ताइवानको सीमा क्षेत्रमा १८ लडाकू विमान उडाएर शक्ति प्रदर्शन गरेको थियो ।

अहिले दक्षिण चीन सागरको विषयलाई लिएर पनि चीन र अमेरिका बीचमा तनावपूर्ण अवस्था रहेको छ ।

चीनले र अमेरिकाले उक्त क्षेत्रमा आफ्ना लडाकू विमान तैनथ गरेका छन् भने सैन्य शक्ति पनि बढाएका छन् ।

चीन उक्त क्षेत्र १ हजार वर्ष पहिलाबाट आफ्नो भएको दाबी गरेको छ भने अमेरिका उक्त क्षेत्रमा अन्य छिमेकी देशहरुको पनि अधिकार हुनुपर्ने दाबी गर्दै आएको छ ।

एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया