काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।

कोरोना भाइरसका कारण अहिले हरेक दिन हजारौँ मानिसहरुको मृत्यु भईरहेको छ भने लाखौँ मानिसहरु यसबाट संक्रमित बनिरहेका छन् ।

गत वर्षको डिसेम्बर अन्ति साता चीनको वुहान शहरमा पहिलो पटक देखिएको कोरोना भाइरसको संक्रमण अहिलेसम्म विश्वका २१५ वटा देशहरुमा पुगिसकेको छ ।

वैज्ञानिकहरु कोरोना भाइरसको भ्याक्सीन बनाउन अहोरात्र खटिए पनि अहिले सम्म सफलता हात लाग्न सकेको छैन ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फइजर कम्पनीको भ्याक्सीन सबैभन्दा पहिला सफल साबित हुन सक्ने बताएका छन् ।
र सबै मानिसका लागि चाँडै उपलब्ध हुन सक्ने बताएका छन् । फक्स न्यूजसँगको अन्तर्वार्ताका क्रममा राष्ट्रपति ट्रम्पले फाइजरको भ्याक्सीनको नतिजा राम्रो भईरहेको बताएका हुन् ।

साथै उनले जोनसन एण्ड जोनसनको भ्याक्सीन केहि समय लाग्न बताएका छन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया