बालिकाको पेटमा आधा किलो कपाल !

काठमाडौं । भारतको तमिल्नाडु स्थित कोयंबटुरमा एक १३ वर्षीया बालिकाको केहि दिन यता पेट दुखीरहेको थियो । बालिकाले आफ्ना अभिभावकहरुसँग त्यसबारेमा भनिन् र निजी अस्पतालमा उनलाई भर्ना गरियो ।

डाक्टरले शुरुमा साधारण कारणले दुखेको होला भन्ने सोचेर त्यति वास्ता गरेनन् तर जब उनको परिक्षण गरे तब डाक्टरको नै होस उड्यो । बालिकाको पेटको स्क्यानिङ गरेपछि बल आकारको केहि चिज देखियो । त्यसपछि डाक्टरले बालिकाको अप्रेशन गर्ने निर्णय गरे ।

अप्रेशन गर्दा बालिकाको पेटबाट आधा किलो मानिसको कपाल र प्लाष्टिकको टुक्राहरु र स्याम्फोका खाली प्याकेट निकालिएको थियो । अस्पतालका चियरम्यान वी.जी मोहनप्रसादले एन्डोस्कोपीको सहायताले उक्त सामानहरु बालिकाको पेटबाट निकाल्ने भनिएको थियो तर डाक्टरहरु त्यसमा सफल नभएपछि अप्रेशन गरिएको थियो ।

डाक्टरका अनुसार एक नातेदारको मृत्युका कारण ति बालिका मानसिक रुपमा समस्यामा थिइन् । त्यहिबेला उनले ति सबै कुरा खाउको हुनसक्ने अनुमान गरिएको छ । अप्रेशन पछि भने बालिका स्वस्थ रहेकी छिन् । तारकोबेजार नामको उनलाई लागेको डाक्टरहरुले बताएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?