आइफोनको ऋण तिर्न यी महिलाले बेचिन् आफ्नै शरीरको अंग

काठमाडौं । आजकालका युवावर्गहरुमा लक्जरी सामान किन्ने क्रेज एकदमै बढेको छ । तर कहिले भने यो कारण नै मानिसको मृत्युको कारण बनिँदिन सक्छ । यस्तै एउटा घटना चीनमा पनि भएको छ । त्यहाँकी एक छात्राले आईफोनको ऋण तिर्न आफ्नो ज्यान नै दाउमा लगाइन् ।

चीनको एक युनिभर्सिटीकी एक छात्राले अनलाइनबाट आईफोनको ऋण चुकाउँन आफ्नो पाठेघर बेचेकी छिन् । उनले त्यसका लागि आफ्नो दर्दनाक सर्जरी गराइन् ।

यो सर्जी गर्नको लागि २२ दिन सम्म छात्राको ओवरी उत्तेजित बनाउँन इन्जेक्सन दिइयो । त्यसपछि उनको सर्जरी गरेर पाठेघर निकालिएको थियो ।

साथै उनको पाठेघर अवैध इन्फर्टीलिटी एजेन्सीलाई बेचिएको थियो । छात्राले चीनमा यस्तो गर्नु गैरकानूनी भएका कारण उनले अवैध क्लिनिकमा सर्जरी गराएकी थिइन् । उनले त्यो अंग बेचेर त्यो अंग बेच्दा ९ लाख ९२ पाइन् ।

साथै आइफोनको ऋण पनि चुकाइन् । तर उनको स्वास्थ्य अवस्था एकदमै नाजुक रहेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?