अधुरो प्रेम कहानी पुरा गर्ने विश्वकै अनौठो मन्दिर

काठमाडौं । तपाई यदि कसैलाई माया गर्नुहुन्छ र तपाईको घरकाले तपाईको नातालाई स्वीकारेनन् भने डराउनु पर्दैन । किनभने यो मन्दिरमा गएपछि तपाईका हरेक मनोकामना पुरा हुन्छन् ।

भारतको राजस्थानमा रहेको जोधपुरमा एउटा गणेशजीको मन्दिर छ । यो चमत्कारी मन्दिरमा गएर एक प्रेमी जोडीहरुले मागेका सबै कुरा पुरा हुन्छन् ।

यो मन्दिरलाई त्यहाँका मानिसहरु इस्किया गजानन मन्दिर भन्ने गर्छन् । मान्यताका अनुसार विवाहको चाहना गर्ने जो केहि युवा युवती पनि त्यहाँ गएर विवाहको वर माग्यो भने पुरा हुने विश्वास गरिन्छ ।

यति मात्र नभएर मायाँमा परेर विवाहमा समस्या आएका जोडीहरुले त्यहाँ गएर वर मागेमा सबै मनोकामना पुरा हुने विश्वास रहेको छ ।

त्यहाँ जाने अधिकांश जोडीहरुको मनोकामना अहिले सम्म पुरा भएको स्थानीयहरुले बताएका छन् ।
यो मन्दिरलाई पहिला गुरु गजाननको नामले चिन्ने गरिन्थ्यो ।

विवाह भन्दा पहिला जोडीहरु पहिलो पटक भेट गर्न त्यहाँ जाने गरेको स्थानीयहरु बताउँछन् । पछि त्यहाँ प्रेमी जोडी आउन लागे ।

मानिसहरु जब गणपति भगवानले मागेको वर पुरा गर्न थाले तब त्यो मन्दिरलाई इस्किया गजाननका नामले चिन्ने गर्छन् । त्यहाँ बुधवार भगवान गाणेशको दर्शन गर्न प्रेमील जोडीहरु आउँने गर्छन् ।

  • एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?