गर्भवती महिला ४ किलोमिटरको यात्रा गरेर पुगिन् अस्पताल

काठमाडौं । भीषण हिमपातका कारण अधिकांश क्षेत्रको जनजीवन अस्तव्यस्त बनेको छ । सडकमा पनि हिउँ जमेको छ ।

यस्तो अवस्थामा एक गर्भवती महिलालाई चार किलोमिटर पैदल हिँडेर अस्पताल जानुपरेको छ । यसबाट आमा र जन्मने बच्चालाई खतरा हुन सक्छ ।

यो घटना भारतको हिमाञ्चल प्रदेश स्थित तीर्थन घाँटीको नोहान्डा पञ्चायतको झेलरी गाउँको हो । जहाँ सन्जु नामकी महिलालाई अचानक पीडा हुन थाल्यो ।

सडकमा बर्फ जमेर यात्रा गर्न नसक्ने अवस्था भएपछि सन्जुका पति रोशन लालले आफ्नी पत्नीलाई आमाको साथमा अस्पताल लिएर गए । उनले पहिला रोपा अस्पताल लिएर गए र  त्यहाँ डाक्टर उपलब्ध नभएपछि उनले सेगुशैँडी पीएचसी लिएर गए ।

महिलाका पति रोशनलालले त्यहाँका सञ्चारमाध्यामहरुलाई पत्नीको हालत एकदमै खराब भएपछि पैदल हिँडाएरै अस्पताल लगेको बताएका छन् ।

उनले पत्नीलाई हातमा समाएर ४ किलोमिटर टाढाको अस्पतालमा लगेका हुन् । उनले यसबिरुद्ध कारवाहीको माग गरेका छन् ।

  • एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?