काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा व्श्विमा नै व्याप्त छ ।
कोरोना भाइरसका कारण अहिले हरेक दिन लाखौँ मानिसहरु संक्रमित बनिरहेका छन् भने हजारौँ मानिसहरुको मृत्यु भईरहेको छ ।

गत वर्षको डिसेम्बर अन्तिम साता चीनको वुहान शहरमा पहिलो पटक देखिएको कोरोना भाइरसको संक्रमण अहिलेसम्म आईपुग्दा विश्वका २१५ वटा देशहरुमा पुगिसकेको छ ।

वैज्ञानिकहरु कोरोनाविरुद्धको भ्याक्सीन बनाउन अहोरात्र खटिए पनि अहिलेसम्म पूर्ण रुपमा सफलता हात लाग्न सकेको छैन ।

गत अगस्ट ११ मा रुसले आफ्नो देशले विश्वकै पहिलो कोरोना विरुद्धको भ्याक्सीन बनाएको दाबी गर्यो । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नी छोरीले समेत उक्त भ्याक्सीन लगाएको बताएका थिए ।

यसैबीच रुसका एक स्वास्थ्य अधिकारी र हेल्थ एकसपर्टले क्लिनीकल ट्रायल बाहेक धेरै जनसंख्यामा मानिसहरुलाई कोरोनाको भ्याक्सीन उपलब्ध नगराइएको बताएका छन् ।

रुसले आफ्ना नागरिकलाई भ्याक्सीन दिन अगाडि पुनः एकपटक विचार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

क्रिमिया पेनिनसुलामा २ लाख जनसंख्या रहेपनि मात्र २१ जनालाई नै भ्याक्सीन उपलब्ध गराइएको बताइएको छ ।

एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया