नारायणकाजी श्रेष्ठ मन्त्री बन्नेबारे सचिवालयमा के भयो कुरो ?

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता एवम् सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले मन्त्री बन्नका लागि आफैभित्र र बैठकमा पनि छलफल नभएको बताएका छन् ।

आज बसेको नेकपा सचिवालय बैठकको निर्णय पश्चात उनले मन्त्रिमण्डल पुनर्गठनको विषयमा यस्तो प्रतिक्रिया दिएका हुन् । मन्त्रिमण्डल पुनर्गठनको कुरा उठिरहँदा श्रेष्ठको नाम पनि चर्चामा रहेको छ । बामदेव गौतम र तपाईको नाम पनि चर्चामा छ, तपाई इच्छुक हो कि होइन ? भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, “त्यस विषयमा केही छलफल भएको छैन । म भित्र पनि छलफल भएको छैन र बैठकमा पनि छलफल भएको छैन ।”

पार्टी एकिकरणपछि आज पहिलोपटक पेरिसडाँडामा बसेको सचिवालय बैठकले विभिन्न ४ वटा निर्णयहरु समेत गरेको छ ।

यो पनि

नेकपा सचिवालय बैठक सकियो : यी हुन् ४ निर्णय

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?