काठमाडौं । फ्लाइटमा कोरोना भाइरसलाई लिएर गरिएको दुई अध्ययनमा अचम्मित बनाउने नतिजा आएको छ ।

शुक्रवार प्रकाशित भएको एक स्टडीका अनुसार लण्डनबाट हनोई (भियतनाम) जाने फ्लाइटमा एक संक्रमित महिलाको कारण १५ जना मानिस संक्रमित भएका छन् ।

सीएनएनमा प्रकाशित रिपोर्टका अनुसार यो घटना अप्रिलको हो । घाटीमा समस्या र कफसँग लडिरहेकी एक महिलाले लण्डनबाट फ्लाइट लिएकी थिइन् ।

उनी भियतनाममा आफ्नो घर गईरहेकी थिइन् । १० घण्टापछि उनी फ्लाइटबाट झरिन्, तब अन्य १५ जना मानिस संक्रमित भईसकेका थिए ।

हनोईको नेशनल इन्स्टीट्यूट अफ हाइजीनका रिसर्चर्सले यो स्टडी गरेका हुन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया