काठमाडौं । प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राईलाई श्रीमान दाबी गर्ने बालिका खड्का पक्राउ परेकी छन् ।
खड्कालाई कोटेश्वरस्थित पेरिस डाँडाबाट आज प्रहरीले पक्राउ गरेको हो ।
खड्काले केहि दिन अगाडि मात्र मुख्यमन्त्री राईविरुद्ध अंश माग गर्दै दायर गरेको मुद्दा फिर्ता लिएकी थिइन् ।
त्यसपछि उनले उक्साहटमा यस्तो गरेको बताएकी थिइन् । त्यसको केहि दिन पछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।
खड्काले शेरधन राईलाई श्रीमान कायम गराउन सकिँन भन्दै भदौ ३१ गते बुधवार अंश माग गर्दै दायर गरेको मुद्दा फिर्ता लिएकी थिइन् ।
आफूलाई राईले विवाह गर्ने प्रतिबद्धता गर्दै पटक पटक सम्बन्ध राखेको तर धोखा दिएको भन्दै खड्काले काठमाडौं जिल्ला अदालतमा दायर गरेको मुद्दा दर्ता गराएकी थिइन् ।
खड्काले काठमाडौं जिल्ला अदालतमा दायर गरेको मुद्दाको म्याद मुख्यमन्त्री राईले नबुझ्दै फिर्ताका लागि निवेदन दिएकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया