अब १५ सेकेण्डमै कोरोना मर्ने वैज्ञानिकको दाबी !

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ । कोरोना भाइरसका कारण अहिले हरेक दिन जसो नै हजारौँ मानिसहरुके मृत्यु भईरहेको छ भने लाखौँ मानिसहरु यसबाट संक्तमित बनिरहेका छन् ।

गत वर्षको डिसेम्बर अन्तिम साता चीनको वुहानमा पहिलो पटक देखिएको कोरोना भाइरसको संक्रमण अहिलेसम्म विश्वका २१५ वटा देशहरुमा पुगिसकेको छ ।

वैज्ञानिकहरु कोरोनाविरुद्धको भ्याक्सीन बनाउन अहोरात्र खटिएका छन् । तर पूर्ण रुपमा अहिलेसम्म सफलता हात पार्न सकेका छैनन् ।

यसैबीच वैज्ञानिकहरुले हालै गरेको एक रिसर्चमा आयोडिनको प्रयोगबाट पनि कोरोना भाइरसलाई नष्ट गर्न सकिने कुरा पत्ता लागेको छ ।

जामा ओटोलरींगोलोजी हेड एण्ड नेक सर्जरीमा प्रकाशित रिसर्चमा नाक र मुखलाई आयोडिनले सफा गरेमा १५ सेकेण्डमै कोरोना संक्रमण रोक्न सकिने पत्ता लागेको छ ।

वैज्ञानिकहरुले यस्तो गरेमा कोरोना भाइरसले हाम्रो फोक्सोमा नोक्शान नगर्ने बताएका छन् ।

आयोडिनले कसरी गर्नेछ कोरोना भाइरस नष्ट ?

वैज्ञानिकहरुले रिसर्चमा कोरोना भाइरस जब ०.५ प्रतिशत कन्स्ट्रेशनवाला आयोडिन शोल्युशनमा राखियो भने त्यसले १५ सेकेण्डमै कोरोना नष्ट गर्दछ ।

यसको पुष्टिको लागि वैज्ञानिकले एक अन्य प्रयोग गरे, जसमा आयोडिनका तीन एन्टीसेप्टिक सोल्युशन बनाए । जसमा आयोडिनको मात्रा ०.५ प्रतिशत, १.२५ प्रतिशत र २.५ प्रतिशत राखिएको थियो ।

तीनै सोल्युशन्समा जब कोरोनाको भाइरस छोडियो तब ०.५ वालामा कोरोना नगट भयो । उनीहरु यो जाँच एथनोल अल्कोहलमा पनि गरे तर त्यसको नतिजा सकारात्मक देखिएन ।

नाक र मुख सफा गर्नुहोस्

यस प्रयोगपछि वैञानिकहरुले नाक र मुखमा आयोडिनmले सफा गरेमा कोरोनाबाट बच्न सकिने दाबी गरेका हुन् । कोरोना भाइरस नाबाट रिसेप्टर एसीई २ को उपयोग मानव कोशिकाहरुमा प्रवेश गर्ने संक्रमित गर्नको हुन्छ ।

त्यसैले ह्यूमन ट्रायलको बेला महामराीमाथि रोक लगाउनका लागि नाकको सफाई र भाइरस नष्ट गर्ने प्रयाश गरिईरहेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?