Sunday 22 November 2026
आइतबार ६ मंसिर २०८३

साताको पहिलो दिन : कति छ आज सुनको मूल्य ?

लोकपथ संवाददाता ४ आश्विन २०७७, आइतबार ११:०१
साताको पहिलो दिन : कति छ आज सुनको मूल्य ?
शेयर गर्नुहोस् Facebook

काठमाडौं । नेपाली बजारमा आज (आईतबार) सुनको मूल्य आज स्थिर रहेको छ ।

शुक्रबार सुनको मूल्य प्रतितोला ९७ हजारमा कारोबार भएकोमा आज पनि सोहि मूल्य कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार रहेको छ  । तेजावी सुनको मूल्य ९६ हजार ५ सय रहेको छ ।

आज आईतबार चाँदीको मूल्य भने केहि घटेको छ । शुक्रबार तोलामा १३३० मा कारोबार भएकोमा आज १५ रुपैयाँले घटेर प्रतितोला १३१५ कायम गरिएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

प्रतिक्रिया सम्पादकले हेरेपछि मात्र देखिन्छ। गालीगलौज, घृणा र link राखिएका प्रतिक्रिया प्रकाशित हुँदैनन्।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईं दिनुहोस्।