अफगानिस्तानमा भीडन्त : २३ सैनिक र ३१ विद्रोहीको मृत्यु, ४० बढी घाईते

काठमाडौं – अफगानिस्तानको नानगाहर र बाग्गिस प्रान्तमा सुरक्षाकर्मी र विद्रोही लडाकुबीच भएको झडपको क्रममा २३ सैनिक र ३१ लडाकुको मृत्यु भएको छ ।

दर्जनौँ लडाकु घाइते भएका छन् भने सैनिकतर्फ पनि ठूलो क्षति भएको छ ।

अफगानिस्तानमा स्थायी शान्ति स्थापनाका लागि सरकार र तालिबान समूहका नेताहरुबीच वार्ता भइरहँदा भएको भीडन्तमा नानगाहर प्रान्तमा २० सैनिक र २९ तालिवान लडाकूको मृत्यु भएको थियो । कम्तीमा १५ सैनिक र २० लडाकू घाइते भए । यस्तै बग्गिस प्रान्तमा तीन सैनिक र दुई विद्रोहीको मृत्यु भएको बताइएको छ ।

अफगानिस्तानमा २ दशकदेखि जारी युद्ध अन्त्य गर्ने भन्दै कतारमा सरकारी प्रतिनिधि र विद्रोही प्रतिनिधिबीच वार्ता जारी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?