ललितपुरको विभिन्न अस्पतालमा ४ कोरोना संक्रमितको मृत्यु

ललितपुर । ललितपुरका विभिन्न अस्पतालमा गरी ४ कोरोना संक्रमितको मृत्यु भएको छ ।

ललितपुरको पाटन अस्पतालमा तीन जनाको र मेघा अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा खगेश्वर गेलालले जनाकारी दिए ।

उनका अनुसार पाटन अस्पतालमा सर्लाहीका ६० वर्षीय पुरुष, ललितपुरकी ७५ वर्षीया महिला र ललितपुरकी ६८ वर्षीया महिलाको मृत्यु भएको हो ।

त्यस्तै मेघा अस्पतालमा मृत्यु हुनेमा भक्तपुरकी ९० वर्षीया महिला रहेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?