फेसबुकमाथि डेटा चोरी गरेको आरोप !

काठमाडौं । बिहीवार राती फेसबुक र इन्स्टाग्रामको सर्भर डाउन भएको कारण सारा विश्वका केहि प्रयोगकर्ताहरुले यी प्लेटफर्म लगइन गर्न सकेनन् ।

यसलाई लिएर प्रयोगकर्ताले ट्वीटरमा आफ्नो आक्रोश पोखे । यसैबीच फेसबुकमाथि इन्स्टाग्राम प्रयोगकर्ताको माध्यमबाट कथित रुपमा जासूसी गरेको कुरा साम्ने आएको छ ।

यसको लागि फेसबुकले क्यामेराको प्रयोग गरेको आरोप लागेको छ ।आईफोन प्रयोगकर्ता जब शेयरिङ एप इन्स्टाग्राममा एक्टिभ थिएनन् त्यो बेला पनि फोनको क्यामेराको एक्सेस देखाइएको थियो । तर फेसबुकले भने यी सबै कुराको खण्डन गरेको छ ।

उसका अनुसार यो सबै एक बगकको कारण भएको थियो । सान फ्रान्सिस्कोको फेडरल कोर्टमा बिहीवार न्यू जर्सीका इन्स्टाग्राम प्रयोगकर्ता ब्रिटनी कोन्डिटीले यो एपको क्यामेराको प्रयोग जानीजानी गरिएको छ ।

यो सबै प्रयोगकर्ताको डेटा चोर्नको लागि गरिएको हो । यो केस अहिले अमेरिकी जिल्ला न्यायालय, उत्तरी जिल्ला क्यालिफोर्नियामा चलिरहेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?