चीनको औषधि फ्याक्ट्रीमा ब्याक्टेरिया लीक, ३ हजार २४५ जना बिरामी !

काठमाडौं । कोरोना भाइरस पछि अब फेरि चीनमा हजारौँ मानिसहरु ब्याक्टेरियल इन्फेक्शनसँग लडीरहेका छन् । उत्तर पूर्व चीनमा मानिसहरु ब्याक्टेरियल इन्फेक्शन पोजेटिभ पाइएका छन् ।

यो ब्याक्टेरिया भ्याक्सीन बनाउने सरकारी बायोफार्मासूटिकल प्लान्टबाट लीक भएर फैलिएको हो । स्वास्थ्य अधिकारीका अनुसार करिव ३० लाख जनसंख्या भएको लान्झूमा ३ हजार २४५ मानिसलाई ब्रुसेलोसिस भएको छ । माल्टा वा मेडिटरेनियन फीवर भनिने यो रोगको शिकार भएका हुन् ।

यसमा खोकी, धेरै टाउको दुख्ने हुन्छ । अहिलेसम्म यसबाट कसैको मृत्यु भएको छैन । करिव २२ लाख मानिसमा स्क्रिनिङ पछि १ हजार ४०१ जनाको टेस्ट भएको छ ।

चिनियाँ अधिकारीले यो इन्फेक्शन मानिसबाट मानिसमा भने नसर्ने बताएका छन् । अमेरिकी सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनका अनुसार इन्फेक्शन भएको केहि लक्षण लामो समयसम्म रहन्छन् ।तर कतिपय भने कहिल्यै पूर्ण रुपमा नजाने पनि हुन सक्छन् ।

चिनियाँ प्रशासनले भने बायोफार्मासूटिकल प्लान्टले एक्सपायर भईसकेका डिसइन्फेक्टेडको प्रयोग गरेको र त्यहाँ भ्याक्सीन बनाईरहिएको बताएको छ ।

फ्याक्ट्रीले घटनाको लागि माफी मागेको छ । तर उसको लाइसेन्स भने फर्काइएको छ । पीडितहरुलाई मुआब्जा दिइने छ । साथै ११ सार्वजनिक अस्पतालमा संक्रमितलाई फ्रीमा चेकअप गर्न दिइएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?