काठमाडौं । अमेरिका र चीनको बीचमा चलिरहेको तनावपूर्ण अवस्थाकाबीच एक अमेरिकी विदेश मन्त्रालयका वरिष्ठ अधिकारी तीन दिवसीय भ्रमणका क्रममा ताइवान गएका छन् ।
यसलाई लिएर चीनले कडा आपत्ति जनाएको छ । चीनले १८ वटा लडाकू विमान ताइवान नजिकै उडाएको छ ।
ताईवानको रक्षा मन्त्रालयका अनुसार दुई बमवर्षक विमानर १६ लडाकू विमान ताइवानको वायु रक्षा पहिचान क्षेत्रमा उडान भरिरहेका छन् ।अमेरिकी अधिकारी कीथ क्र्याच ताइवानको तीन दिने भ्रमणमा पुगेका छन् ।
उनी त्यहाँ पुग्नु अगावै अमेरिकालाई सचेत रहन भन्दै चीनले धम्की दिईसकेको छ ।
अमेरिकाले भने चीनको चेतावनीलाई नजरअन्दाज गर्दै ताइवानसँग कूटनीतिक सम्बन्ध गास्न त्यहाँ पुगेको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया