हतुवागढी गाउँपालिका उपाध्यक्ष चन्द्रमा राईको निधन

काठमाडौं – हतुवागढी गाउँपालिका भोजपुरकी उपाध्यक्ष चन्द्रमा राईको निधन भएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा आज बिहान ३ बजे उनको निधन भएको हो ।

हतुवागढी- ४ फलामढुङगाकी ४७ वर्षीया राईलाई गत भदौ २९ गतेदेखि सामान्य ज्वरो आएको थियो । त्यसपछि जन्डिस र रक्तचापको समस्या देखिएको थियो । (तस्वीर : सामाजिक सञ्जालबाट)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?