यी ५ देशमा छन् विश्वकै सबै भन्दा धेरै कोरोना संक्रमित

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण यो समाचार तयार पार्दासम्म ९ लाख ५३ हजार ५ सय ६२ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका ३ करोड ५ लाख ८१ हजार २ सय २० जनामा कोरोना संक्रमण फैलिएको छ । हालसम्म विश्वभरबाट २ करोड २२ लाख ४१ हजार ४ सय २९ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६१ हजार १ सय ५४ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

संयुक्त राज्य अमेरिकामा हालसम्म सबैभन्दा बढी कोरोना संक्रमणको असर देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा २ लाख २ हजार ६ सय २१ जनाको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा १९ हजार २ सय ३ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ६ लाख ९३ हजार ८ सय ७९ पुगेको छ । हालसम्म ४१ लाख ७० हजार २ सय २ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १४ हजार २ सय २६ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र ४ सय ८ जनाको कोरोनाको कारण ज्यान गएको छ ।

त्यस्तै छिमेकी देश भारतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ८५ हजार ६ सय २१ पुगेको छ । बितेको २४ घण्टामा ९२ हजार ७ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ५३ लाख ५ हजार ३ सय ८७ पुगेको छ । हालसम्म ४२ लाख ३ हजार १७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण १ हजार २ सय १७ जनाको ज्यान गएको र संक्रमित मध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै ब्राजिलमा बितेको २४ घण्टामा ९ हजार ३ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमित संख्या ४४ लाख ६६ हजार ८ सय २ पुगेको छ । हालसम्म ब्राजिलमा कोरोनाको कारण १ लाख ३५ हजार २ सय ३ जनाको ज्यान गएको छ । वल्डोमिटरको तथ्यांक अनुसार ३७ लाख ५३ हजार २ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ८ हजार ३ सय १ जनाको अवस्था गम्भीर रहेको छ । त्यस्तै बितेको २४ घण्टामा कोरोनाको कारण ७२ जनाको ज्यान गएको छ ।

त्यस्तै रसियामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १९ हजार १ सय ९५ पुगेको छ । बितेको २४ घण्टामा ५ हजार ९ सय ५ जनामा कोरोना पुष्टि भएको र १ सय ३४ जनाको कोरोनाको कारण ज्यान गएको छ । हालसम्म १० लाख ९१ हजार १ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने संक्रमितमध्ये ९ लाख १ हजार २ सय ७ सय जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये २ हजार ३ सय जनाको अवस्था गम्भीर रहेको छ ।

पेरुमा हालसम्म पेरुमा ३१ हजार १ सय ४६ जनाको कोरोनाको कारण ज्यान गएको छ । त्यस्तै ७ लाख ५० हजार ९८ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै हालसम्म ५ लाख ९४ हजार ५ सय १३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १ हजार ४ सय ३९ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?