काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण यो समाचार तयार पार्दासम्म ९ लाख ५३ हजार ५ सय ६२ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका ३ करोड ५ लाख ८१ हजार २ सय २० जनामा कोरोना संक्रमण फैलिएको छ ।
हालसम्म विश्वभरबाट २ करोड २२ लाख ४१ हजार ४ सय २९ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६१ हजार १ सय ५४ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
ब्राजिलमा बितेको २४ घण्टामा ९ हजार ३ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमित संख्या ४४ लाख ६६ हजार ८ सय २ पुगेको छ । हालसम्म ब्राजिलमा कोरोनाको कारण १ लाख ३५ हजार २ सय ३ जनाको ज्यान गएको छ ।
वल्डोमिटरको तथ्यांक अनुसार ३७ लाख ५३ हजार २ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ८ हजार ३ सय १ जनाको अवस्था गम्भीर रहेको छ । त्यस्तै बितेको २४ घण्टामा कोरोनाको कारण ७२ जनाको ज्यान गएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया