भुटानमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । भुटानमा शुक्रबार थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै संक्रमितको कुल संख्या २५२ पुगेको छ । जसमध्ये १८२ जना निको भइसकेका छन् भने ७० जनाको उपचार भइरहेको छ ।

यो समाचार तयार पार्दासम्म विश्वभर कोरोनाको कारण ९ लाख ५३ हजार २९ जनाको ज्यान गएको छ । भने हालसम्म विश्वभर ३ करोड ५ लाख ३६ हजार ६ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म विश्वभरबाट २ करोड २२ लाख ६ हजार ५ सय ३८ जना कोरोना निको भइ घर फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?