काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आगामी ५४ औँ साधारण सभाको मिति तोकिएको छ । आज बसेको महासंघको पदाधिकारी बैठकले आगामी मंसिर ११ र १२ गते काठमाडौंमा गर्ने गरी मिति तय गरेको हो । कोरोना महामारीका कारण महासंघको नयाँ नेतृत्व चयनका लागि गर्न लागिएको महाधिवेशन २ पटकसम्म रोकिएको थियो ।
शुक्रबार बसेको पदाधिकारी बैठकले चाडपर्व सकिएपछि काठमाडौंमै साधारणसभा गर्ने निर्णय गरेको हो।
साथै आजको निर्णयलाई आगामी असोज ११ वा १२ गते बस्ने कार्यसमिति बैठकले अनुमोदन गर्नेछ।
चैत २८ र २९ गतेका लागि साधारणसभाको मिति तय गरिपनि कोरोना संक्रमणको कारण स्थगित भएको थियो।
त्यस्तै लकडाउन खुकुलो भएसँगै साउनको २६ र २७ मा साधारण सभा गर्ने नयाँ मिति तय गरेको थियो । तर, सरकारले सबै प्रकारका सभा, गोष्ठी, तालिम, सेमिनार, प्रदर्शन, भेला तथा सम्मेलन गर्न लगाएको प्रतिबन्ध कायमै रहेपछि महासंघले साधारणसभा स्थगित गर्ने निर्णय गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया