काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।
हरेक खिन हजारौँ मानिसहरुको कोरोनाका कारण मृत्यु भईरहेको छ भने लाखौँ मानिसहरु संक्रमित बनिरहेका छन् ।
गत वर्षको डिसेम्बर अन्तिम साता चीन्को वुहान शहरमा पहिलोपटक देखिएको कोरोना भाइरसको संक्रमण अहिलेसम्म विश्वका २१५ वटा देशहरुमा पुगिसकेको छ ।
वैज्ञानिकहरु कोरोनाविरुद्धको भ्याक्सीन बनाउन अहोरात्र खटिए पनि अहिलेसम्म पूर्ण सफलता हात लाग्न सकेको छैन । यसैबीच विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरस अहिले शुरुवाती चरणमै रहेको बताएको छ ।अझै कोरोनाको दोश्रो लहर आउने चेतावानी दिइएको छ ।
चर्चित स्वास्थ्य विशेषज्ञ डेभिड नाब्ररोले कोरोना महमारी अहिले मात्र आफ्नो शुरुवाती चरणमा रहेको बताएका छन् ।
उनले दोश्रो लहरको आशंका रहेको भन्दै सतर्क रहन आग्रह गरेका छन् । यसको दोश्रो लहरबाट खतरनाक स्थिती उत्पन्न हुने उनले बताएका छन् ।
यो जानकारी उनले बेलायतको सांसदको हाउस अफ कमन्स फोरेन अफेयर्स कमिटीलाई दिएका हुन् । डेभिड विश्वस्वास्थ्य संगठनका प्रतिनिधि समेत हुन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया