सात सेप्टेम्बरमा पनि चीन-भारतका सैनिकबीच फायरिङ भएको खुलासा !

काठमाडौं । चीन र भारतको बीचमा अहिले सीमा विवादका कारण अवस्था तनावपूर्ण रहेको छ । यसैबीच एक नयाँ खुलासा भएको छ ।

चीन र भारतका विदेशमन्त्रीहरुको १० सेप्टेम्बरको बैठक हुनुभन्दा पहिला पनि ७ सेप्टेम्बरको राती चीन र भारतका सैनिकबीचमा फायरिङ भएको खुलासा भएको छ ।

यो फायरिङ पेंगोंगको त्सो झीलको उत्तरी किनारमा भएको थियो । यो चुशूल क्षेत्रमा भएको फायरिङ भन्दा ठूलो रहेको बताइएको छ ।

यसको खुलासा इण्डियन एक्सप्रेसले गरेको हो । त्यहाँको उत्तरी क्षेत्रमा दुत्रै तर्फ १०० देखि २०० राउण्ड फायरिङ भएको थियो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?