काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।
कोरोना भाइरसका कारण अहिले हरेक दिन विश्वमा हजारौँ मानिसहरुको ज्यान गईरहेको छ भने लाखौँ मानिसहरु संक्रमित बनिरहेका छन् ।
गत वर्षको डिसेम्बर अन्त्मि साता चीनको वुहान शहरमा पहिलोपटक देखिएको कोरोना भाइरसको संक्रमण अहिलेसम्म आईपुग्दा विश्वका २१५ वटा देशहरुमा पुगिसकेको छ ।
वैज्ञानिकहरु कोरोनाविरुद्धको भ्याक्सीन बनाउन अहोरात्र खटिए पनि अहिलेसम्म पूर्ण सफलता हात लाग्न सकेको छैन ।
यसैबीच कोरोना भाइरसको उत्पत्तिलाई लिएर अहिलेसम्म सन्देह रहेको छ । तर अमेरिकादेखि यूरोपका केहि देशहरुले यो खतरनाक कोरोना भाइरसको उत्पत्तिलाई लिएर चीनलाई जिम्मेवारी ठहर्याउँदै आएका छन् ।
अमेरिकामा कोरोना महामारी जति बढ्न थाल्यो त्यति नै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि निशाना साँध्न थाले र आरोप लगाउन थाले । तर अब सेन्टर फर डिसीज कन्ट्रोल एण्ड प्रिभेन्शनको वैज्ञानिकले एक अचम्मित बनाउने खुलासा गरेका छन् ।
यूसीएलएका शोधकर्ताहरुले खबी गरेका छन् कि, अमेरिकामा डिसेम्बरको शुरुवाती दिनमा नै घातक कोरोना भाइरस फैलिन थालेको थियो ।
रिपोर्टमा गएको वर्षको डिसेम्बरको शुरुवाती दिनमा नै घातक कोरोना भाइरस अमेरिकाको लन्स एन्जिल्समा संक्रमणका केस देखिएको दाबी गरिएको छ । तर वुहानमा त्यसपछि मात्र कोरोना संक्रमणको केस देखिएको खबर प्रकाशित भएको थियो ।
चीनमा भन्दा अमेरिकामा पहिला देखिएको थियो कोरोना ?
अमेरिकाको सेन्टर फर डिसिज कन्ट्रोल एण्ड प्रिभेन्सनले पनि यो कुरालाई मानेको छ कि, कोरोना भाइरस जनवरीको मध्यमा अमेरिकाको केहि भागमा फैलिसकेको थियो ।
अब यो नयाँ रिपोर्टले चीनबाट कोरोना फैलिएको भन्ने कुरा गलत साबित गर्न सक्ने बताइएको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया