काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।

कोरोना भाइरसका कारण अहिले हरेक दिन विश्वमा हजारौँ मानिसहरुको ज्यान गईरहेको छ भने लाखौँ मानिसहरु संक्रमित बनिरहेका छन् ।

गत वर्षको डिसेम्बर अन्तिम साता चीनको वुहान शहरमा पहिलोपटक देखिएको कोरोना भाइरसको संक्रमण अहिलेसम्म आईपुग्दा विश्वका २१५ वटा देशहरुमा पुगिसकेको छ ।

वैज्ञानिकहरु कोरोनाविरुद्धको भ्याक्सीन बनाउन अहोरात्र खटिए पनि अहिलेसम्म पूर्ण सफलता हात लाग्न सकेको छैन ।

यसैबीच विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का चीफ साइन्टिस्ट सौम्या स्वामिनाथनले एक बयानमा सारा विश्वबासीलाई डरलाग्दो झट्का दिएकी छन् ।

औषधि कुरेर बसेका मानिसहरु निराश बनेका छन् । उनले एक कार्यक्रममा मानिसहरु सामान्य जीवनमा फर्किनको लागि सन् २०२२ भन्द्या अगाडि नसक्ने उनले चेतावनी दिएकी छन् ।

उनले कोरोनाको भ्याक्सी नबनेपछि विश्व स्वास्थ्य संगठनले सबै देशमा कोरोना भ्याक्सीन पुर्याउने पनि बताएकी छन् । तर यसको लागि २०२१ को मध्यावदीसम्मको समय लाग्ने उनले बताइन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया