काठमाडौं । पूर्व सांसद सरिता गिरीले घर भाडाको निहुँमा गत साता कीर्तिपुरमा भएको शम्भु चौधरी (महतो) को हत्याबारे निश्पक्ष छानविन र पीडित परिवारलाई क्षतिपुर्ति दिन माग गरेकी छन् ।
उनले घरमालिकको आक्रमणबाट घाइते चौधरीको उद्दारमा प्रहरीले ढिलाई गर्दा उनको मृत्यु भएको भन्दै उक्त घट्नाले मधेशीप्रति समाज र राज्यको घृणा उजागर भएको बताएकी छन् ।
उनले चौधरीको परिवारका लागि तत्काल सरकारले रु १० लाख क्षतिपूर्ति र वालबच्चाको निशुल्क शिक्षाको व्यवस्था गर्न माग गरेकी छन् ।
मंगलबार एक विज्ञप्ति जारी गर्दै शम्भुको परिवारको भविष्यको जिम्मेवारी राज्यले लिनुपर्ने भन्दै शम्भु पत्नीलाई नेपाली नागरिकता प्रमाण पत्र प्रदान गरी रोजगारीको समेत व्यवस्था गर्न माग गरेकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया