विशाल ह्वेल जब समुन्द्रको बाटो बिराएर नदीमा पस्यो…

काठमाडौं । एउटा ठूलो ह्वेल समुन्द्रबाट बाटो बिराउँदै धेरै गोही भएको नदीमा पसेर ३० किलोमिटर टाढा पुगेको छ । यो कुरा अस्ट्रेलियाका अधिकारीहरूले बताएका हुन्।

उक्त ह्वेल समूहमा बर्षेनि हुने बसाइँसराइमा यात्रा गर्दै गरेको र कुनै स्थानमा गलत दिशामा मोडिएको हुनसक्ने बताइएको छ।

बाटो बिर्सेकामध्ये दुईवटा ह्वेल समुन्द्रमा फर्किएका र कम्तीमा एउटा अझै नदीमै रहेको बताइएको छ।

अस्ट्रेलियामा ह्वेल बाटो बिर्सेर नदीबाट यति भित्र पुगेको यो पहिलो घटना हो।

ह्वेल
तर ५३ फिट लामो भएकाले उक्त ह्वेललाई गोहीले हानि पुर्‍याउने सम्भावना कम छ।

ह्वेल फर्किन नसकेमा भने अप्ठ्यारो पर्न सक्ने अधिकारीहरूले बताएका छन्।
अस्ट्रेलियाको सबैभन्दा ठूलो निकुञ्ज काकाडु न्याश्नल पार्कको इस्ट एलिगेटर रिभर नामक नदीमा डुङ्गाविहार गरिरहेका केही यात्रीले ह्वेल देखेका थिए।

स्थानीय बासिन्दाले नदीको घुमाउरो बाटोमा ह्वेल पौडिरहेको देखेर रमाइलो मानेका थिए। श्रोत बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?