काठमाडौं । जन्मिएपछि एक नवजात शिशुलाई इन्जेक्शन लगाएपछि उसलाई खोकी लाग्न शुरु भयो ।

जब केहि दिनपछि आफन्तले बच्चालाई हेरे तब उनको हात कालो भएको थियो । अहिले उक्त घटनामा एक्सपायर्ड इन्जेक्शन लगाएको कारणले यस्तो भएको बताइएको छ ।

यो घटना भारतको मध्य प्रदेशको रहेको बताइएको छ । उक्त बच्चा २४ अगस्टमा जन्मिएका थिए ।

जन्मिएपछि उपचारका क्रममा उनलाई हातमा इन्जेक्शन लगाइएको थियो । तर हातमा इन्जेक्शन लगाएपछि उनको हात नै कालो भएको छ ।

अहिले बच्चालाई आईसीयूमा राखेर उपचार गरिरहिएको बताइएको छ ।

एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया