Sunday 22 November 2026
आइतबार ६ मंसिर २०८३

साइन रेसुङ्गा डेभलपमेन्ट बैंक र प्रुडेन्सियल इन्सुरेन्सको शेयर नेप्सेमा सुचिकृत

लोकपथ संवाददाता २२ भदौ २०७७, सोमबार १३:४६
साइन रेसुङ्गा डेभलपमेन्ट बैंक र प्रुडेन्सियल इन्सुरेन्सको शेयर नेप्सेमा सुचिकृत
शेयर गर्नुहोस् Facebook

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा साइन रेसुङ्गा डेभलपमेन्ट बैंक र प्रुडेन्सियल इन्सुरेन्सको ७७ लाख ८३ हजार ४८५.१९ कित्ता शेयर सूचीकृत भएको छ ।

साइना रेसुङ्गा डेभलपमेन्ट बैंकको ३९ लाख ३४ हजार ३५६.१९ कित्ता बोनस शेयर सूचीकृत भएको छ । बैंकले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट १५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।

यता प्रुडेन्सियल इन्सुरेन्सको ३८ लाख ४९ हजार १२० कित्ता हकप्रद सेयर पनि नेप्सेमा सूचीकृत भएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

प्रतिक्रिया सम्पादकले हेरेपछि मात्र देखिन्छ। गालीगलौज, घृणा र link राखिएका प्रतिक्रिया प्रकाशित हुँदैनन्।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईं दिनुहोस्।