१२ फाल्गुन २०८०, शनिवार

बियर सम्बन्धी यी रोचक तथ्य, जुन तपाईलाई थाहा नहुन पनि सक्छ

२०७४,आश्विन,८,आईतवार १०:५५

0
Shares

 हरेक सेकेन्डमा संसारका शून्य दशमलव ७ प्रतिशत मानिस बियर पिइरहेका हुन्छन् । अहिले पनि करिब ५ करोड मानिस बियर पिइरहेका छन् । संसारको सबैभन्दा कडा बियरमा ६७ दशमलव ५ प्रतिशत अल्होकल हुन्छ । भनिन्छ, अल्छी मानिसलाई सबैभन्दा बढी बियर मन पर्छ । नेदरल्यान्डका पियक्कडहरूलाई बियर पिलाएर सडक सफा गराइन्छ । सन् १९७० ताका बेल्जियमका कलेजका क्यान्टिनमा समेत बियर उपलब्ध हुन्थ्यो । फिनल्यान्डमा पत्नीलाई बोकेर दौडने एक प्रतियोगिता जित्नेलाई पत्नीकै वजन बराबर बियर पुरस्कार प्रदान गरिन्छ । थाइल्यान्डमा १० लाख बियरका बोतलबाट एउटा मन्दिर निर्माण गरिएको छ । इजिप्टमा बियरलाई धनका रूपमा प्रयोग गरिन्छ । सन् १९९२ मा नील बोहरले नोबेल पुरस्कार जितेपछि उनको सम्मानमा काल्र्सवर्ग बियरले पाइपबाट उनको घरमै बियर सप्लाइ गरेको थियो । अस्ट्रियामा सौखिनहरू स्वीमिङ पुलजस्तै बियरपुलमा पौडी खेल्न सक्छन् । बियर पानी र चियापछि सबैभन्दा बढी सेवन गरिने पेय पदार्थ मानिन्छ । दुनियाँको सबैभन्दा महँगो बियर बेल्जियमको ‘ला भिले बोन सेक्योर्स’ हो, जसको मुल्य ७ सय पाउन्ड प्रतिबोतल छ । अहिले संसारभर ४ सय प्रकारका बियर बनाइन्छ, जसमध्ये बेल्जियममा सबैभन्दा बढी ब्रान्डका बियर उपलब्ध हुन्छन् ।

कान्तिपुर साप्ताहिकबाट

प्रकाशित मिति: २०७४,आश्विन,८,आईतवार १०:५५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । घर बनाउने र किन्ने कुरामा जब हामी सोच्छौँ हाम्रो कल्पनामा एउटा सुन्दर र छुट्टै किसिमको घर आउँछ ।

काठमाडौं । भनिन्छ, एक्लोपनले मानिसलाई खाइदिन्छ । तर संसारमा यस्ता व्यक्तिहरु पनि हुन्छन् जसलाई एक्लोपन मनपर्छ । यस्तै व्यक्तिहरुमध्ये एक

काठमाडौं । युगान्डाकी एक ७० वर्षीया वृद्धाले जुम्ल्याहा बच्चा जन्माएकी छिन् । मेडिकल साइन्सका अनुसार, यो उमेरमा बच्च जन्माउनुलाई चमत्कारको

काठमाडौं । पृथ्वीमा धेरै अनौठा जीवहरू पाइन्छ । यी जीवहरू मध्य एउटा कमिला पनि हो । कमिलामा धेरै अनौठो चीजहरू

ताजा समाचार

मानिसको हात जस्तो देखिने अनौठो चट्टान
 २०८०,फाल्गुन,१२,शनिवार १३:००
दोस्रो उपत्यकाव्यापी कराते आजदेखि
 २०८०,फाल्गुन,१२,शनिवार ११:०३