बियर सम्बन्धी यी रोचक तथ्य, जुन तपाईलाई थाहा नहुन पनि सक्छ

 हरेक सेकेन्डमा संसारका शून्य दशमलव ७ प्रतिशत मानिस बियर पिइरहेका हुन्छन् । अहिले पनि करिब ५ करोड मानिस बियर पिइरहेका छन् । संसारको सबैभन्दा कडा बियरमा ६७ दशमलव ५ प्रतिशत अल्होकल हुन्छ । भनिन्छ, अल्छी मानिसलाई सबैभन्दा बढी बियर मन पर्छ । नेदरल्यान्डका पियक्कडहरूलाई बियर पिलाएर सडक सफा गराइन्छ । सन् १९७० ताका बेल्जियमका कलेजका क्यान्टिनमा समेत बियर उपलब्ध हुन्थ्यो । फिनल्यान्डमा पत्नीलाई बोकेर दौडने एक प्रतियोगिता जित्नेलाई पत्नीकै वजन बराबर बियर पुरस्कार प्रदान गरिन्छ । थाइल्यान्डमा १० लाख बियरका बोतलबाट एउटा मन्दिर निर्माण गरिएको छ । इजिप्टमा बियरलाई धनका रूपमा प्रयोग गरिन्छ । सन् १९९२ मा नील बोहरले नोबेल पुरस्कार जितेपछि उनको सम्मानमा काल्र्सवर्ग बियरले पाइपबाट उनको घरमै बियर सप्लाइ गरेको थियो । अस्ट्रियामा सौखिनहरू स्वीमिङ पुलजस्तै बियरपुलमा पौडी खेल्न सक्छन् । बियर पानी र चियापछि सबैभन्दा बढी सेवन गरिने पेय पदार्थ मानिन्छ । दुनियाँको सबैभन्दा महँगो बियर बेल्जियमको ‘ला भिले बोन सेक्योर्स’ हो, जसको मुल्य ७ सय पाउन्ड प्रतिबोतल छ । अहिले संसारभर ४ सय प्रकारका बियर बनाइन्छ, जसमध्ये बेल्जियममा सबैभन्दा बढी ब्रान्डका बियर उपलब्ध हुन्छन् ।

कान्तिपुर साप्ताहिकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?