आज वाग्मती प्रदेशमा थपिएका संक्रमित कुन जिल्लाका कति ?

काठमाडौं । वाग्मती प्रदेशमा मंगलवार ३१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले वाग्मती प्रदेशमा पछिल्लो २४ घण्टामा ३१३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

यी हुन् वाग्मती प्रदेशमा मंगलवार थपिएका कोरोना संक्रमित

बागमती प्रदेश भक्तपुर १७
चितवन ४९
धादिंग २
दोलखा २
काठमाडौँ १३८
काब्रेपलान्चोक २१
ललितपुर ५०
मकवानपुर ३०
सिन्धुली १
सिन्धुपाल्चोक ३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?